बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

संक्रमण बढ्दै गएपछि फ्रान्समा थप कडा कर्फ्यूको घोषणा

शुक्रबार, माघ २ २०७७

कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्समा रातको समयमा लागु गरिएको कर्फ्यूमा थप कडाई गरिने घोषणा त्यहाँको सरकारको गरेको छ।

फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गरिने जानकारी दिएका छन्।

डिसेम्बरदेखि नै फ्रान्समा रातको समयमा कर्फ्यू जारी छ । तर अब बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यसमा थप कडाइको घोषणा प्रधानमन्त्री केसटेक्सले गरेका हुन्।

अहिलेसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्ने गरेको थियो। तर अब साँझ ६ बजेदेखि नै कर्फ्यू लगाईने छ। यो नयाँ नियम कम्तिमा १५ दिनसम्म लाग रहने छ।

प्रधानमन्त्रीले देशभर कोरोना संक्रमणको अवस्था चिन्ताजनक रहेको बताएका छन्। उनले विदेशबाट आउनेहरुका लागि पनि नयाँ नियमको घोषणा गरेका छन्।

अब इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको संक्रमणको परीक्षण गर्नुपर्नेछ र नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइने छ।

फ्रान्स प्रवेश गरिसकेपछि उनीहरुले सात दिनसम्म आइसोलेशनमा बस्नु पर्नेछ।

सातौँ दिनमा कोरोना परीक्षण गरिने छ र यदि त्यसमा पनि नेगेटिभ आएपछि मात्रै सामान्य तरिकाले बस्न दिइने छ।