शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सुनको मूल्य आज पनि घट्यो, तोलाको कति ?

सोमबार, पुष २७ २०७७

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

आइतबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर सोमबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 
यसअघि शुक्रबार छापावाल सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै सोमबार तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १२३० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।