बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

२४ किलोमिटर सामान ओसारेको १२ लाख,चाइनासंगको व्यापार महङ्गियो

सोमबार, पुष २७ २०७७

चाईनाको सरकारी तहवाटै नेपाल प्रवेश गर्ने कन्टेनरमा कोटा सिस्टम सुरु भएपछि दलालको विगविगिले पनि ब्यापारीहरु हैरान छन् । छिटो सामान पठाई दिने वहानामा दलालहरुले पैसा असुल गर्न थालेको तामाङ्गले जानकारी दिए । चाईनिज दलालकै कारण गाडि भाडा र खर्च वढेर नाफा भन्दा पनि पुजीमै घाटा लाग्ने अवस्था आएको उनको भनाई छ ।

दलालले ब्यापारीहरुसँग पैसा माग्ने र नदिए सामान लोड हुनै नदिने गर्न थालेपछि अहिले एउटै कन्टेनरमा करिव १० लाख रुपैयाँ खर्च वढेको उनी वताउँछन् । ‘पहिला करिव ८ हजार आरएमवी –नेपाली करिव डेढ लाख) भन्दा कम खर्चमा केरुङ्गसम्म सामान आउँथ्यो। अहिले त्यहि खर्च ८० हजार आरएमवी (नेपाली करिव १५ लाख) सम्म पुगेको छ’ उनले भने–‘दलाललाई जसले पैसा वढि दिन्छ उसको सामान लोड हुन्छ। पैसा दिन नसक्नेको सामान चाईनामै रहन्छ।’

केरुङ्गदेखि रसुवासम्मको २४ किलोमिटर वाटोकै लागि अहिले १० लाख रुपैयाँभन्दा वढि खर्च लाग्ने गरेको उनले सुनाए । ‘पहिला करिव १/डेढ लाख भाडामा सामान केरुङ्गदेखि काठमाण्डौसम्म पुग्थ्यो। अहिले १० लाख रुपैयाँले त २४ किलोमिटर पनि आउँदैन’ उनी भन्छन–‘सरकारले त्यो विषयमा सम्वन्धित निकायसँग कुरा गर्नु पर्ने हो, तर कसैले ठाडा कान लगाउँदैन।’

०७२ सालको भुकम्पपछि चीनसँगको ब्यापार असुरक्षित भएको छ। चीनसँगको ब्यापार शारीरिक, मानसिक र  आर्थिक सवै दृष्टिकोणले असुरक्षित भएको ब्यापारीहरु वताउँछन्। 

चीनका ब्यापारीले नेपालीहरुलाई ठग्ने, कुट्ने, दुब्र्यवहार गर्ने र भनेजस्तो सामान पनि नदिने गरेको चीनसँगको ब्यापार नाका रसुवागढि सिमापार ब्यापार संघका अध्यक्ष कामी नुर्पु तामाङले वताए । ‘सुरु–सुरुमा राम्रो सामान पठाउँछन्। तर, पछि–पछि गुणस्तरहिन सामान आउँछ’ उनले भने–‘हाम्रो सामान ठ्याक्कै भनेजति पनि आउँदैन।’

अर्डर गरेअनुसार जति लोड हुनुपर्ने हो त्यति समान नै नआउने गरेको पनि उनको गुनासो छ । सामान किन्न जादाँ कमसेकम इज्जत मात्रै गरे आफुहरु सन्तुष्ट हुने उनको भनाई छ ।