बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौं प्रहरी प्रमुख एसएसपी सिंह अपराध सहँदैनन्, सिंघम भन्दा कम हैनन्  !

बिहिबार, पुष २३ २०७७

काठमाडौं । प्रहरीले चाहेको खण्डमा अपराधलाई कतिसम्म किनारा लगाउन सक्छ भन्ने उदाहरण बलिउड, दक्षिण भारतीय फिल्मले देखाएका छन्। 

त्यसैका कयन सेरिज पनि बनेका छन्। खासगरी प्रहरी कर्मका लागि ‘सिंघम र सेरिज’ निक्कै चर्चित भएका छन्। 

नेपाल प्रहरीमा भने यस्ता अधिकारीले वास्तविक एक्शनबाटै आफ्नो परिचय दिन थालेका छन्, ति हुन् महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंह।

जुवा अखडालाई निगरानीमा राखी कारबाही गरेका उनले आफ्नै प्रहरी अधिकारीलाई पनि घुस लिएको आरोपमा बर्खास्त गरिसकेका छन्।

 उनको सुरक्षा व्यवस्था यति कडा हुन थालेको छ की काठमाडौंमा अवैध हिसाबले भित्रिने गरेका करोड बढीका रकम नाकामै समातिन थालेका हुन्। 

ashok sing 00.JPG

उनी आएकै दिनदेखि अपराध र अपराधीसँग कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट देखाएका थिए। राजधानीभित्र अपराधको गतिविधि हुन सक्ने आशंकामा गुन्डा नाइकेलाई पनि निगरानीमा राखेका छन्। 

मिलन गुरुङ उर्फ चक्रे मिलनलाई सडकमै खानतलासी लिएका थिए। 

पछिल्लो पटक नागढुंगामा एक करोड ४७ लाख रुपैंया स्रोत नखुलेको रकमसहित भारतको गोरखपुरका अमितकुमार गुप्ता र कपिलबस्तुका संगम थारुलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको छ। 

यस्तै त्यसअघि उनको निर्देशनमा परिसरको टोलीले महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई १५ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।

 शर्माले मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग १५ हजार घुस लिएको सूचना पाएपछि परिसरको टोली सिंहले खटाएका थिए।

‘अपराध गर्ने छुट कसैलाई छैन। झन् प्रहरी अधिकारी भएपछि त यस्ता काममा संलग्न वा घुसमात्र खाएको थाहा पाए कडा कारबाही हुनेछ’, सिंह भन्छन्,‘शान्ति सुरक्षा र शुव्यवस्था हाम्रो दायित्व हो।’

ssp-ashok-sing.jpg