बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको भाउ फेरि बढ्यो

बुधबार, पुष २२ २०७७

काठमाडौं । पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन बढेर तोलमा ९६ हजार ७०० रुपैयाँ पुगेको छ । 

यसअघि साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ थियो भने सोमबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको भने मंगलबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भयो । 

यस्तै तेजावी सुन बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार  भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार भएको हो ।