सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राष्ट्र बैंकले भोलि पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्ने 

आइतबार, पुष १९ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पाँच अर्ब १० करोड रुपैयाँकोको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
सो दिन अपरान्ह दुुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 
यही पुस २१ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । 
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १० करोड रुपैयाँको रहेको छ । 
सो मध्ये सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ माघ २० गते रहेको छ भने ९१ दिने ट्रेजरीेको परिपक्व हुुने अवधि २०७७ चैत २४ गते रहेको राष्ट्र बैंकले जनाएको छ । 
यसअघि यही पुुस १३ गते पनि राष्ट्र बैंकले दुुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो ।