काठमाडौ, पुुस १७ । नेपाल राष्ट्र बैकले २५ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव माग गरेको छ ।
कर्मचारीहरुको पेन्सन तथा उपदान कोषमा रहेको रकम दुुई सय ७७ दिने मुुद्धती निक्षेपकोरुपमा बैंक तथा फाईनान्स कम्पनीहरुमा राख्नको लागि राष्ट्र बैंकले प्रस्ताव माग गरेको हो ।
राष्ट्र बैंकका अनुसार २०७७ माघ एक गते देखि २०७८ असोज ३१ गतेसम्मको लागि राख्न लागिएको संस्थागत निक्षेप लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही पुुस २० गते अपरान्ह तीन बजेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर राष्ट्र बैंकका आवेदन दिनुु पर्ने छ ।
राष्ट्र बैककाअ अनुसार लगानीको लागि छुट्याईएको कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि २० करोड, बिकास बैंकहरुको लागि तीन करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ७५ लाख रुपैयाँ छुट्याएको छ ।
प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
