बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बिहिबार ५३४ जनामा कोरोना सङ्क्रमण

बिहिबार, पुष १६ २०७७

पछिल्लो २४ घण्टामा छ हजारमा पिसिआर परीक्षण गर्दा ५३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १९६ महिला र २३८ पुरुष रहेका छन् । 

 हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ३७८ रहेको छ । गत २४ घण्टामा ४४७ जना निको भएका छन् भने कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५२ अजार ३५९ पुगेको छ । हालसम्म नेपालमा दुई लाख ६० हजार ५९३ जना कोरोना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८५६ पुगेको छ । 

पछिल्लो समय परिक्षण कम भएका कारण सङ्क्रमित कम भएको हुन सक्ने ठानिएको छ ।