शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले गरे पदभारग्रहण

बिहिबार, मंसिर ५ २०७६

नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला मन्त्रालयप्रति राखिएको सामाजिक दृष्टिकोणमा परिवर्तन आउने गरी काम कारवाही अघि बढाईने प्रतिबद्धता जनाएका छन् । 

मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री गुरुङले महिलालाई उद्यमशिल, स्वाभिमान एवं सशक्त बनाउन र बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं उनीहरुको सुरक्षा र बिकासलाई प्राथमिकतामा राखि कामलाई प्रभावकारी बनाइने बताए । 

मन्त्री गुरुङले संविधानले महिला बालबालिका तथा ज्येष्ठ नागरिकका सम्बन्धमा गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान पुर्याइने भन्दै समाजमा महिला तथा ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनेगरी योजनावद्व ढंगले अघि बढनेमा जोड दिए ।