बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खुल्ला फुट्सल टुर्नामेन्ट –०७६ मा सेक सी एफ समूह विजयी

सोमबार, कार्तिक २५ २०७६

काठमाडौं । श्री राज इन्टरटेनमेण्ट प्रालिद्वारा आयोजित खुल्ला फुट्सल टुर्नामेन्ट –२०७६ सम्पन्न भएको छ । खेल यही शनिबार सम्पन्न भएको हो । यस प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ समूहले भाग लिएका थिए ।

एकै दिनमा सम्पन्न भएको सो प्रतियोगिता नकाउट, प्रि–क्वाटर, क्वाटर, सेमीफिनाले गरी अन्तिम फिनालेमा दुई वटा समूहलार्इ उत्कृष्ट घोषणा गरिएको थियो ।

प्रतियोगितामा विजेता सेक सी एफ समूह र उपविजता फोरेस्ट किङ्ग समूह भएका थिए । विजेतालाई नगद पचास हजार (५०,०००) साथै मेडल, ट्रोफी, प्रमाण–पत्र प्रदान गरिएको थियो ।

त्यस्तै, उपविजेताका समूहलाई पनि नगद पच्चिस हजार (२५,०००) का साथै मेडल, ट्रोफी, प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा निर्मल गुरुङले उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भएका थिए । धिरज तामांग उत्कृष्ट गोल रक्षक बन्न सफल भए । 

नेपाली खेलकुद जगतलाई बिशेष गरि फूट्सल तथा फूटबल खेल र खेलाडीहरुलाई हौसला प्रदान होस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको प्रतियोगिताका आयोजक श्री राज इन्टरटेनमेण्टका प्रबन्ध निर्देशक तथा मोडल नृत्य निर्देशक राजिव बलामीले जानकारी गराए । 

कार्यक्रम रोशन तामाङको व्यवस्थापन, सरिता कुँवरको संयोजगत्वमा समपन्न भएको थियो । कार्यक्रमलाई राजेश श्रेष्ठले संचालन गरेका थिए । राष्ट्रियगानबाट शुरु भएको सो कार्यक्रममा बीचबीचमा नृत्य प्रस्तुत गर्दै सम्पन भएको कुरा आयोजक टोलिले बताए ।