शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नेप्सेमा सामान्य बृद्धि, झण्डै तीन अंकले बढ्दा तीन अर्ब ४६ करोडको शेयर किनबेच

शुक्रबार, कार्तिक २० २०८३

नेप्से सामान्य अंकले बढेकोे छ । अघिल्लो दिन १२ दशमलव ९५ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार दुई दशमलव ६४ अंकले बढेर २६ सय ५५ दशमलव २२ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १८ अंकले बढेर चार सय ८० दशमलव १२ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३६ वटा कम्पनीहरुको ३३ हजार दुई सय १५ पटकको कारोबारमा एक करोड सात लाख १३ हजार आठ सय ४२ कित्ता शेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा कुल कारोबार रकम तीन अर्ब ४६ करोड २० लाख ५९ हजार तीन सय २३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा अन्य समुहको सुचक १६ दशमलव ८२ अंकले घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ४६ अंकले बढेर १५ सय ८१ दशमलव १६ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि नौं दशमलव २६ अंकले बढेर तीन हजार छ सय २७ दशमलव ९४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ३० अंकले बढेर ११ हजार आठ सय ९७ दशमलव ९३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ३७ अंकले बढेर नौं हजार चार सय ४५ दशमलव ३१ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुची पनि घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेड नैं पहिलो स्थानमा परेको छ ।