मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नेप्सेमा सामान्य बृद्धि, छ अंकले बढ्दा पाँच अर्ब ६५ करोडको शेयर किनबेच

मंगलबार, कार्तिक १७ २०८३

नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ३२ दशमलव ६५ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार छ दशमलव ६२ अंकले बढेर दुई हजार छ सय ६४ दशमलव १३ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४८ अंकले बढेर चार सय ८३ दशमलव २१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४९ वटा कम्पनीहरुको ५७ हजार चार सय ४९ पटकको कारोबारमा एक करोड ५४ लाख २० हजार नौं सय २० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६५ करोड ११ लाख ४२ हजार पाँच सय २३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक शुन्य दशमलव २६ अंकले घटेर २२ सय १३ दशमलव ४७ अंकमा झरेकोमा लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य चार, सात दशमलव १८ र शुन्य दशमलव ५१ अंकले घटेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ३२ अंकले बढेर एक हजार छ सय दुई दशमलव शुन्य छ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि तीन दशमलव ७४ अंकले बढेर पाँच हजार पाँच सय ५२ दशमलव शुन्य दुई अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ४८ अंकले बढेर तीन हजार छ सय ६८ दशमलव २२ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि १० दशमलव ७९ अंकले बढेर ११ हजार आठ सय ९९ दशमलव शुन्य आठ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि नौं दशमलव ४२ अंकले बढेर नौं हजार चार सय ३३ दशमलव ३१ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः ७५ दशमलव ७६, छ दशमलव १४, शुन्य दशमलव शुन्य एक र पाँच दशमलव शुन्य दुई अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिखर पावर डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ग्लोबल आईएमई बैंक पहिलो स्थानमा परेको छ ।