काठमाडौं । सभामुख डोलप्रसाद ९डीपी० अर्यालसँग नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेट गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
भेटमा भएका छलफलका अन्य विषयबारे भने सचिवालयले थप जानकारी दिएको छैन ।