कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। उनले प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।
पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए। मंगलबार प्रदेशसभाबाट बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन्।
बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थापाको राजीनामालाई प्रदेशसभाको पछिल्लो राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।