बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसान चिन्तित, सरकारकै कारण धोका भएको गुनासो

सोमबार, कार्तिक ४ २०७६

काठमाडौं कात्तिक, ४– नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन। कैलाली–कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए। धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन्।

कैलाली–कञ्चनपुरमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ३ सय ४८ हेक्टरमा लगाएको गरिमा जातको धानले फसल दिएको छैन। कञ्चनपुरमा ५६ दशमलव ८६ हेक्टर र कैलालीमा दुई सय ९१ हेक्टर जमिनमा गरिमा जातको धान रोपिएको थियो।

गरिमा जातको धान खेती गरेका कञ्चनपुरका दुई सय २५ किसान र कैलालीका ९ सय ६४ किसान बाला नलागेपछि पीडित बनेका छन्। यो समाचार आजको नागरिक दैनिकमा  समाचार छ ।