मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहको स्पष्टीकरण

शनिबार, असोज २४ २०८३

काठमाडौँ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्रीको सचिवालयले स्पष्टीकरण सार्वजनिक गरेको छ।

सचिवालयका अनुसार दाहाललाई आचरण उल्लंघन, अनुशासनहीनता तथा नेपाल सरकार र आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा विभागीय कारबाही गरिएको हो।

स्पष्टीकरणमा दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको उल्लेख छ।

‘गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि गृहमन्त्रीले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेका छन्,’ सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।

गृह मन्त्रालयले शुक्रबार नै संवेदनशील सूचना चुहावट गरेको आरोपमा एआईजी दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो। मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी विषय पटकपटक उल्लंघन गर्नुका साथै अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको आरोपमा विभागीय कारबाही गरिएको हो।

गृहमन्त्रीको सचिवालयले कानुनविपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

विधिको शासन, कानुनको परिपालना र सार्वजनिक शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको पनि सचिवालयले स्पष्ट पारेको छ।

आरोप र कारबाही स्पष्ट पार्नुहोस्दोहोरो विवरण हटाएर छोट्याउनुहोस्