काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु पाँच हजारले घटेर रु दुई लाख ९४ हजार ३०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १४५ ले घटेर रु चार हजार ५१० कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ३०० तथा चाँदी रु चार हजार ६५५ मा कारोबार भएको थियो ।
आजको मूल्यअनुसार एक दिनमा सुन प्रतितोला रु पाँच हजार र चाँदी रु १४५ ले सस्तिएको हो ।