मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

त्रिभुवन विमानस्थलबाट ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

सोमबार, असोज १२ २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४२२.५ ग्राम अर्धठोस सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका दिल्लीस्थित हवेली आजम खान जामा मस्जिद ठेगाना भएका भारतीय नागरिक अस्लम शौकतलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार शंकास्पद गतिविधि देखिएपछि सोमबार दिउँसो करिब २ः५२ बजे जाँच गर्दा शौकतको साथबाट सुन बरामद भएको थियो।

प्रहरीका अनुसार उनले अन्डरवेयरभित्र प्लास्टिकले र्‍याप गरी गोलाकार आकारमा बनाइएको अर्धठोस सुनका दुई थान लुकाएर ल्याएका थिए।

पक्राउ परेका शौकतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।