बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसियन गेम्समा आज अफगानिस्तानसँग भिड्दै नेपाल

शुक्रबार, असोज ९ २०८३

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। एसियन गेम्समा पुरुष क्रिकेटतर्फ नेपालको यो पहिलो खेल हो।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ। बिहीबार भएको खेलमा अफगानिस्तानले जापानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ।

समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्नेछन्। नेपाल समूहबाट अघि बढे क्वाटरफाइनलमा भारत वा श्रीलंकामध्ये एक टोलीसँग खेल्नेछ।

नेपाल यसअघि पनि एसियन गेम्सको क्वाटरफाइनलसम्म पुगेको थियो। अघिल्लो संस्करणको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

आजको खेल नेपालका लागि समूह चरणमा आफ्नो स्थिति बलियो बनाउन महत्वपूर्ण हुनेछ। अफगानिस्तानसँगको खेलपछि नेपालले आयोजक जापानसँग समूह चरणको अर्को खेल खेल्नेछ।