काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जित्दै नेपाललाई पदक दिलाएका हुन्।
जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कास्य पदकको भिडन्तमा तेन्जिङले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गरे।
यसअघि सेमिफाइनलमा तेन्जिङ इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। त्यससँगै उनले कास्य पदकमा चित्त बुझाएका हुन्।
जारी प्रतियोगितामा विभिन्न स्पर्धामा नेपाली खेलाडीले प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेका थिएनन्। तेन्जिङको कास्यसँगै नेपालले २०औँ एसियाली खेलकुदमा पदकको खाता खोलेको हो।