बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० मुद्दामा अनुसन्धान

मंगलबार, भाद्र ३० २०८३

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ । प्रहरीले ती सबै मुद्दामा अनुसन्धान अघि बढाउने जनाएको छ ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले हिजो गरेको बैठकमा अध्यक्ष तामाङ पनि सहभागी भएका थिए । बैठक सकिएलगत्तै प्रहरीले उनलाई सिंहदरबारबाटै पक्राउ गरेको थियो ।

अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा प्रहरीले पछिल्लोपटक काठमाडौँ जिल्ला अदालतबाट उहाँलाई पक्राउ गर्न अनुमति लिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तामाङको सीआरएस (केन्द्रीय अनुसन्धान अभिलेख प्रणाली) जाँच गर्दा बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दा भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले तामाङविरुद्ध रहेका सबै मुद्दामा अनुसन्धान अघि बढाइने जानकारी दिए ।