शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको इन्टरनेट बैकिङ्ग सेवा विस्तार

मंगलबार, असोज १४ २०७६

काठमाडौ, असोज १४ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । नयाँ हाल कायम रहेको इन्टरनेट बैंकिङ्गमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको बैंकले जानकारी दिएको छ ।

यस अगावै एक्सप्रेस बैंकिङ मार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा उपलब्ध थियो । 

यसै क्रममा पुरानो इ–बैंकिङ्ग सेवा प्रयोग गरिरहनु भएका ग्राहक महानुभावहरुलाई यस बैंकको कुनै पनि शाखा कार्यलयहरुमा सम्पर्क गरी, नयाँ ई–बैंकिङ्ग सेवाको लगइन एंव पासवर्ड लिन सक्नेछन ।

यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरुले घरमै वसिबसि विभिन्न सुविधाहरु उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थपसुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।

आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो  रूपमा पु¥याँउने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।