काठमाडौँ । अष्ट्रेलियामा जारी एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
तास्मिनियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
नेपाल ‘ए’ले टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गरेपछि एकदिवसीय खेल खेल्न लागेको हो। टी–२० सिरिजमा नेपालले खेलेका छमध्ये चार खेलमा हार तथा दुई खेलमा जित हात पारेको थियो।
अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ले बुधबार साउथ अष्ट्रेलिया तथा आइतबार न्यूजिल्यान्ड ‘ए’ विरुद्ध पनि एकदिवसीय खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।