रसुवागढीमा गएको भीषण हिमपहिरोपछि तीन जना व्यक्ति सम्पर्कविहीन भएको भन्दै खोजी तथा उद्धारका लागि अपिल गरिएको छ।
सम्पर्कविहीन हुनेमा राजन बी.के., हरि घिमिरे र विशाल बी.के. रहेको जनाइएको छ। उनीहरू भदौ १० गते देखि नै परिवार तथा आफन्तको सम्पर्कमा नआएको बताइएको छ।
उनीहरूलाई रसुवागढी वा आसपासका क्षेत्रमा कसैले देखेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तुरुन्तै नजिकैको प्रहरी चौकी, उद्धार टोली वा तलका सम्पर्क नम्बरमा जानकारी गराउन अनुरोध गरिएको छ।
सम्बन्धित परिवार तथा आफन्तले उनीहरूको शीघ्र खोजी तथा उद्धारका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।