शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउने सहमति

आइतबार, असोज १२ २०७६

काठमाडौं असोज, १२– नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो ।

बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको छ । 

नेपाल–भारतबीचको पारवाहन सन्धिमा जलमार्गसम्बन्धी व्यवस्था समावेश नगरिएसम्म नेपाल नेपालले भारतले यसअघि नै सञ्चालनमा ल्याइसकेको उक्त जलमार्ग तेस्रो मुलुक व्यापारका लागि प्रयोग पाइँदैन । 

उक्त एलओईको मस्यौदा नेपालले यसअघि नै भारतलाई बुझाएको थियो । एलओईमा भारतले सहमति जनाएपछि जनाएपछि नेपालले जलमार्ग प्रयोगको बाटो खुलेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।