बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मलेसियाविरुद्ध नेपाल फिल्डिङ गर्दै

मंगलबार, भाद्र ९ २०८३

काठमाडौँ । मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङ गर्ने भएको छ।

मलेसियामा जारी खेल एसिसी प्रिमियर कपको तयारीस्वरूप खेलिएको हो। नेपालले प्रतियोगिताको तयारीका लागि हालै भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गरेको थियो। प्रशिक्षणका क्रममा नेपालले कर्नाटक राज्यस्तरीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो।

नेपालले भारतमा खेलेका दुवै अभ्यास खेलमा जित हात पारेको थियो। भारतको प्रशिक्षण सकेपछि नेपाली टोली उतैबाट मलेसिया पुगेको हो।

आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालले समूह चरणको पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ।

समूह चरणमा नेपालले आयोजक मलेसियाका साथै साउदी अरेबिया र हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ।