बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँ बढ्यो

शुक्रबार, भाद्र ५ २०८३

काठमाडौँ  । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, असली चाँदीको मूल्य प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम गरिएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ र चाँदी ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ५४०.१८ अमेरिकी डलर तथा चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।