बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सामाजिक सेवा दिवसको अवसरमा आयोजित प्रभातफेरीमा नेपाल प्रहरीको सहभागिता

सोमबार, असोज ६ २०७६

काठमाडौं, असोज ६ । ४० औं सामाजिक सेवा दिवस समारोह २०७६ को अवसरमा “सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट” भन्ने नारा सहित सोमबार समाज कल्याण परिषद्द्वारा आयोजित प्रभातफेरीमा नेपाल प्रहरीले सहभागिता जनाएको छ ।

प्रभातफेरीमा समाज कल्याण परिषद्का अध्यक्ष एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, समाज कल्याण परिषद्का पदाधिकारीहरु, नेपाल प्रहरीको संगीत टोली, प्रहरी अधिकृत तथा जवानहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल, परिषद्का अधिकृत तथा कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवं समाजसेवीहरुको सहभागिता रहेको थियो । 

सामाजिक सेवाभाव, सचेतना एवं सन्देशमुलक व्यानर तथा प्लेकार्ड सहित भृकुटीमण्डपबाट शुरु भएको उक्त प्रभातफेरी शहिदगेट, रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा पुगेर समारोहमा परिणत भएको थियो ।