काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।
नियमित गस्तीमा खटिएको प्रहरी टोलीले भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१ सल्लाघारी र मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक–एक जना पक्राउ परेका छन्। यस्तै, रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपल र सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक–एक जना तथा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रहवाबाट एक जना पक्राउ परेका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चुच्चेखोलाबाट एक जना, पाल्पाको रामपुर नगरपालिका–७ मोवटी शीतलनगरबाट एक जना तथा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिगैबाट पाँच जना पक्राउ परेका छन्।
त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट तीन जना र कन्काई नगरपालिका–४ कोटीहोमबाट एक जना पक्राउ परेका छन्।
धनकुटाको पाख्रीबास नगरपालिका–५ माङमायाबाट दुई जना तथा बाराको महागढीमाई नगरपालिका–१० गोवास टोलबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत नियन्त्रित औषधि बरामद गरेको छ।
उनीहरू शुक्रबार र गत बिहीबार विभिन्न समयमा पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।