जनकपुरधाम । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी, दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार राति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा लहान नगरपालिका–२२ का २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय सारबजित दास रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट पेस्तोल र म्याग्जिन बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।