नेप्से लगातार घटेपछि लगानीकर्ताहरु निराश भएका छन् । आज सोमबार पनि नेप्से १६ दसमलव १८ अंकले घटेर ११ सय २३ दसमलव ८३ अंंकमा झरेको छ भने सेन्सिटिभ तीन दसमलव ६६ अंकले घटेर दुई सय ४६ दसमलव ३५ अंकमा झरेको छ ।
आज एक सय ६९ कम्पनीहरुको सात हजार पाँच सय ४७ वटा कारोवारमा १२ लाख ४८ हजार चार सय नौ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ३४ करोड ३९ लाख १८ हजार दुुई सय २१ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ बाहेक समुहको सुचक घटेर रातै भएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव सात अंकले घटेर एक हजार ३३ दसमलव ४३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक सात दसमलव ७७ अंकले घटेर १५ सय ४१ दसमलव ७५ अंकमा झरेको छ ।
निर्जिवन बीमा समुहको सुुचक पनि ७७ दसमलव ४४ अंकले चार हजार दुुई सय ७१ दसमलव ६२ अंकमा झरेको छ । जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुुचक पनि उच्च अंकले घटेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज साल्ट ट्रेडिङ कर्पोरेसन, एनएमबी माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी आदि परेका छन् ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज छिमेक लघुुबित्त बित्तीय संस्था, नेपाल बैंक आदि परेका छन् ।