बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ठमेलमा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा पाँच विदेशी महिला पक्राउ

बिहिबार, असार १८ २०८३

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा पाँच विदेशी महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न भएको तथा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चार जना युगान्डाकी र एक जना इन्डोनेसियाली नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित सडकमा ती महिलाले स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्दै दुःख–हैरानी दिइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउपछि उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा समेत प्रहरीमाथि अभद्र व्यवहार गरिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।