सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

परीक्षा सकिएको सात दिनमै परीक्षाफल

बुधबार, असार १७ २०८३

बागमती । बागमती विश्वविद्यालयले पहिलो सेमेस्टरको परीक्षा सकिएको सातौँ दिनमै तीनवटै सङ्कायको परीक्षाफल सार्वजनिक गरेको छ।

विश्वविद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्यअनुसार परीक्षा सम्पन्न भएको एक साताभित्रै नतिजा प्रकाशन गरिएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

विश्वविद्यालयले गत एक वर्षदेखि व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत स्नातक तहका कक्षा सञ्चालन गर्दै आएको छ। सोहीअन्तर्गत सञ्चालित तीनवटै सङ्कायको पहिलो सेमेस्टर परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

प्रकाशित नतिजाअनुसार व्यवस्थापन तथा कानुन सङ्कायमा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि सङ्कायमा ७९.०३ प्रतिशत तथा शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विश्वविद्यालयले समयमै परीक्षाफल प्रकाशन गर्ने अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।