सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राष्ट्रियसभाको बैठक बस्दै, मन्त्रीहरूको जवाफदेखि संकल्प प्रस्तावसम्म कार्यसूचीमा

बुधबार, असार १७ २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा सुरु हुने कार्यसूची छ।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रियसभा सदस्य रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसैगरी, राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभालाई जानकारी गराउने कार्यसूची पनि रहेको छ।