सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

उच्च अदालत पाटनका आजका सबै सुनुवाइ स्थगित

मंगलबार, असार १६ २०८३

काठमाडौं । उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ।

उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द कोइरालाका अनुसार पराजुली बिहान नुहाउन जाने क्रममा असहज भएपछि उनलाई भक्तपुरस्थित अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

प्रारम्भिक रूपमा हृदयाघातका कारण निधन भएको हुन सक्ने आशंका गरिएको भए पनि यसको औपचारिक पुष्टि भने भएको छैन।

पराजुलीको निधनपछि शोकस्वरूप उच्च अदालत पाटनका मंगलबारका सबै सुनुवाइ स्थगित गरिएको अदालतले जनाएको छ।

उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गर्ने तयारी गरिएको छ।