बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवरुद्ध भएको एनआईसी एशिया बैंकको एटीएम पुनः सुचारु

सोमबार, भाद्र १६ २०७६

काठमाडौं । एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जनाएकोछ । 

सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् । 

बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि सेवा स्थगन गर्न परेकोमा बैंकले क्षमायाचना गरेको छ ।