बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्धाधुन्ध गोली प्रहारः ५ जना मारिए, २० घाइते

आइतबार, भाद्र १५ २०७६

वासिङ्टन । अमेरिकाको टेक्ससस्थित एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जना मारिएका छन् । प्रहरी कारवाहीमा ती हतियारधारी व्यक्तिको पनि मृत्यु भएको छ ।

२० जना घाइते छन् । घाइतेमध्ये तीनजना कानुन व्यवसायी छन् । ती व्यक्तिले हुलाक सेवाको एउटा गाडी अपहरणमा लिइ अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

ओडेसा प्रहरी प्रमुख माइकेल गर्कका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । घटनाका अभियुक्त ३० वर्षीय पुरुष भएको पनि बताइएको छ ।

टेक्ससमै एक महिनाअघि पनि यस्तै प्रकृतिको घटना भएको थियो । जहाँ २२ को ज्यान गएको थियो ।