मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

२५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने सरकारको निर्णय

मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौं । सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने निर्णय गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सरकारले राजपत्रमा सूचना जारी गरेको हो ।

सरकारी सूचना अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ,अस्पताल, औषधी, फोहोरमैला, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानी लगायतका क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ ।