बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भारतीय प्रधानमन्त्री मोदीद्वारा संविधान दिवसमा नेपालको निम्तो अस्वीकार

बिहिबार, भाद्र १२ २०७६

काठमाडौं भदौ, १२– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान दिवसमा अतिथि बनेर आउन नसक्ने जवाफ पठाएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई भारतीय विदेशमन्त्री एस जयशंकरमार्फत संविधान दिवसको प्रमुख अतिथि बन्न पठाएका निम्तोलाई मोदीले आउन नसक्ने जानकारी गराएका हुन् ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको अवसर पारेर असोज ३ गते चौंथो संविधान दिवस मनाइँदै छ ।

संविधानका कतिपय प्रावधानमा असनतुष्टि प्रकट गर्दै तत्काल संविधान जारी नगर्न नरेन्द्र मोदीले भारतका तत्कालीन विदेश सचिव एस। जयशंकरमार्फत सन्देश पठाएका थिए ।

जयशंकरले संविधान जारी गर्ने दिन सार्न भनेका समेत थिए । तर मोदीको सन्देश बोकेर आएका जयशंकरलाई सबैभन्दा कडा जवाफ ओलीले दिएका थिए ।

भारतको आग्रहलाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरूले संविधान जारी गरे । लगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगायो । झन्डै ६ महिना नाकाबन्दी चल्यो ।