शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

भरुवा बन्दुक बरामद

मंगलबार, भाद्र १० २०७६

डोटी, भदौ १० । जोरायल गाउँपालिका ६ होलिसैन बस्ने रुल्ले छेडालको घरबाट भरुवा बन्दुक १ थान फेला पारी सोमबार राति प्रहरीले बरामद गरेको छ । 

ईलाका प्रहरी कार्यालय बिपिनगर र स्थानीय सशस्त्र प्रहरी बलसमेत बाट खटिएको संयुक्त टोलीले छेडालको घरमा खानतलासी गर्दा उक्त बन्दुक फेला परेको हो । 

हाल सम्पर्क विहिन रहेका छेडालको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।