बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाली बजारमा टाटा एच फाइभ को बुकिङ खुल्ला

बिहिबार, भाद्र ५ २०७६

काठमाडौं भदौ, ५–
टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभीटाटा एच फाइभको नेपाली बजारमा बुकिङ आज देखि खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लिका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४ औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । 
भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ। साथै सिप्रदीले, ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने १२० प्रतिशत बुकिङरिफन्ड गर्ने जनाएको छ ।
क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ। टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्ट स्टप, सेमी डिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टी(फङ्गसन स्टरिङ, हाइट(अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।