मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

शुक्रबार, जेष्ठ १ २०८३

काठमाडौं ।  राष्ट्रपति  रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा महालेखापरीक्षक तोयम राया ले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायहरूले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

“बेरुजु फर्छ्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्छ,” राष्ट्रपति पौडेलले बताएका छन् ।

उहाँले फजुल खर्च नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका विषयले सम्बन्धित निकाय र सरोकारवालालाई थप जिम्मेवार बन्न प्रेरित गर्ने अपेक्षा पनि राष्ट्रपतिले व्यक्त गरेका छन् ।

बेरुजु न्यूनीकरण, आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न महालेखापरीक्षकको कार्यालय को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संस्थागत क्षमता, पेसागत हित र आन्तरिक सुशासन सुदृढ गर्न कार्यालय अझ सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।