काठमाडौ । काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले वैशाख ३० गते गरेको निर्णयअनुसार रिक्त उपकुलपतिको पदमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी वाग्लेलाई तोकिएको हो।
उनी काठमाडौँ विश्वविद्यालयको कानुन सङ्कायका पूर्व डीन समेत हुन्। आजैदेखि उनले कार्यभार सम्हालेको विश्वविद्यालयले जनाएको छ।