काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन्।
बैठकमा सभामुखले प्रधानमन्त्री बालेन्द्र शाह को तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले लाई राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएपछि विपक्षी सांसदहरू आ–आफ्नो सिटबाट उठेर विरोध जनाएका हुन्।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाह बैठकमा अनुपस्थित रहेको भन्दै उनको राजीनामासमेत माग गरेका छन्।
सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले आपत्ति जनाईरहेका छन् । यसैबीच श्रम संस्कृति पार्टीले प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर बाहिरिएको छ ।
उनीहरूले नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउने प्रक्रियामै आपत्ति जनाउँदै प्रधानमन्त्रीको अनुपस्थिति गम्भीर विषय भएको टिप्पणी गरेका छन्।