काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनी तथा प्रशासनिक सुधारसँग सम्बन्धित चार वटा महत्त्वपूर्ण निर्णय स्वीकृत गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार बिहानका लागि बोलाएको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयहरू गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले दिएका हुन्।
मन्त्री तिमिल्सिनाका अनुसार बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन प्रस्ताव पनि स्वीकृत गरिएको छ।
त्यसैगरी, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने निर्णय गरिएको छ।
बैठकले भूमि सम्बन्धी (एक्काईसौँ संशोधन) नियमहरू, २०८३ पनि स्वीकृत गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरूमा कार्यविभाजन नियमावली स्वीकृति, सुशासन आयोगसम्बन्धी आदेश संशोधन, सरकारी लगानी व्यवस्थापन समितिमा सांसद मनोनयन तथा भूमि सम्बन्धी नियम संशोधन समावेश छन्।