मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एमाले संसदीय दल उपनेतामा पद्माकुमारी अर्याल मनोनीत

मंगलबार, बैशाख २९ २०८३

काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा पार्टी सचिव तथा सांसद पद्माकुमारी अर्याललाई मनोनीत गरेको छ ।

संसदीय दलका नेता रामबहादुर थापाले अर्याललाई उपनेता मनोनीत गरेका हुन् ।

प्रमुख सचेतक ऐन महरका अनुसार संसदीय दलको विधानअनुसार दल नेताले उपनेता तोक्ने व्यवस्था भएकाले सोही प्रावधानअनुसार निर्णय गरिएको हो ।

यसअघि एमालेले प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निता घतानीलाई मनोनीत गरिसकेको थियो ।

प्रतिनिधिसभामा एमालेका २५ जना सांसद रहेका छन् ।