काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्नो धारणा राख्नेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
चालु अधिवेशनमै आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत गरिनेछ ।