मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सुशीला कार्कीले बालेन शाहप्रति गरिन् कटाक्ष

आइतबार, बैशाख २७ २०८३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन नगर्न आग्रह गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी श्रीमतीलाई ‘आमा’ भनेर सम्बोधन गर्नुपर्ने भन्दै कटाक्ष गरेकी छन्।

शनिबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूले ‘आमा दर्शन’ भनेर सम्बोधन गरेपछि उनले असन्तुष्टि जनाएकी हुन्।

उनले भनिन्, “कोले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिइसक्यो। बालेनको श्रीमतीलाई आमा भन।”

उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले व्यापक रूपमा भाइरल बनेको छ।

यसअघि पनि उनले प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएकी छन्। विशेषगरी वरिष्ठताको परम्परा तोडेर चौथो वरीयतामा रहेका डा. मनोज शर्मा सिफारिस गरिएको निर्णयप्रति उनले आलोचना गरेकी थिइन्।

संवैधानिक परिषद्को उक्त सिफारिसपछि न्यायालयको स्वतन्त्रता र विश्वसनीयतामा गम्भीर असर पर्ने भन्दै उनले सार्वजनिक रूपमा चेतावनीसमेत दिएकी थिइन्।