मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बार एसोसिएसनको बैठक

शुक्रबार, बैशाख २५ २०८३

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा गरिएको सिफारिसबारे साझा धारणा तय गर्न नेपाल बार एसोसिएसन को आकस्मिक बैठक आज बस्ने भएको छ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि त्यसबारे संस्थागत धारणा बनाउन बारले बैठक बोलाएको हो।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् तथा पूर्वपदाधिकारीलाई समेत रायका लागि आमन्त्रण गरिएको छ। ती सुझावका आधारमा बारले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नेछ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले बहुमतका आधारमा चौथो वरीयतामा रहेका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयमा असन्तुष्टि जनाउँदै परिषद्का सदस्य रहेका राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले नोट अफ डिसेन्ट लेखेका छन्।