मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाएपछि पुनः सञ्चालन

शुक्रबार, बैशाख २५ २०८३

चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खस्दा बिहानदेखि अवरुद्ध रहेको सडक सडक डिभिजन कार्यालयसँगको समन्वयमा पन्छाएपछि सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो हटाइएपछि केहीबेर अघिदेखि सवारी आवागमन पुनः सुचारु गरिएको छ।

सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम रहेको क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।